नेपाल प्रहरीमा २३ सय जनालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?

  २०७८ मंसिर १० गते १०:५२     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ठूलो संख्यामा प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदका लागि एकैपटक २ हजार २३० जना प्रहरी माग गरेको हो ।

सूचना अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदका लागि कर्मचारी माग गरेको हो ।

जसअनुसार प्रहरी निरीक्षक जनपथका लागि १४६, प्रहरी जवान जनपदका लागि १९७१, प्रहरी कार्यालय सहयोगी (भान्छे) १६३, प्रहरी कार्यालय सहयोगी (हजाम) १० जना माग गरिएको छ । यस्तैगरी, प्रहरी कार्यालय सहयोगी (सिलाई÷बुनाई), कुचिकार र धोबीमा १०÷१० जना माग गरिएको छ ।

आफूलाई आवश्यक पर्ने पदका लागि १० रुपैयाँको हुलाक टाँसी स्वयं उपस्थित भएर दरखास्त दिन सकिने जनाईएको छ । यस्तै शुक्रबारदेखि आगामी पुस २३ गतेसम्म कार्यालय समयमा दरखास्त आह्वान गर्नुपर्नेछ ।

दरखास्त फारमका साथमा पद अनुसारको पदका लागि राजश्व दस्तुर बुझाएको हुनुपर्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.