निश्चित वस्तुको एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने, चाँदी आयातमा थप कडाई

  २०७८ मंसिर १० गते १०:४५     विकासन्युज

काठमाडौं । आयात बढी भएर विदेशी मुद्राको संचित नै कम हुन थालेपनि राष्ट्र बैंक कम आवश्यक वस्तुको आयातमा थप कडाई गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले आयातमा थप कडाई गर्ने नीतिगत व्यवस्थाको तयारी भएको जानकारी दिएको हो । नयाँ व्यवस्था अनुसार तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने हुनेछ ।

‘विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

यस्तै, चाँदी आयातमा थप कडाई गरिएको छ । चाँदीको आयात अस्वभाविक देखिएपछि सरकारले केहीअघि चाँदीको भन्सार महसुल बृद्धि गरेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ड्राफ्ट/टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.