निजी क्षेत्रले विदेशी बैंक वित्तीय संस्थाहरुबाट ऋण लिन पाउने

  २०७८ मंसिर १० गते १०:३३     विकासन्युज

काठमाडौं । नेपालको निजी क्षेत्रले विदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट संस्थागत ऋण लिन पाउने भएका छन् । सस्तो व्याजदरमा उपलब्ध हुने भएपनि नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई विदेशबाट संस्थागत ऋण लिन रोकेको थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै निजी क्षेत्रले विदेशबाट संस्थागत ऋण लिन चाहेमा नेपालका वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सकिने व्यवस्था गर्ने जानकारी दिएको हो ।

तर, यसका लागि राष्ट्र बैंकले सिमित क्षेत्र मात्रै खुल्ला गरेको छ । राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीहरुले विदेशबाट संस्थागत ऋण लिन पाउने छन् ।

‘व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षमा उल्लेख गरिएको छ ।

निजी क्षेत्रले नेपालको बैंकिङ क्षेत्रको व्याज महंगो भएको तथा तरलता अभाव जस्ता कारणले भनेकै समयमा मागे जति कर्जा प्राप्त हुन नसकेको जस्ता कारण देखाएर विदेशबाट संस्थागत कर्जा लिन पाउने बाटो खुल्ला गर्न माग गरिरहेको थियो । यसअघि नै अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट भने निजी क्षेत्रले पनि कर्जा लिन पाउने व्यवस्था थियो । नयाँ व्यवस्था कार्यान्वयन भएपछि नेपाली निजी क्षेत्रले विदेशबाट कर्जा ल्याउने दायरा फराकिलो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.