मौद्रिक नीतिको समीक्षा आज, के होला नीतिगत व्यवस्था ?

  २०७८ मंसिर १० गते १०:०४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार आज सवा १० बजे चालु आर्थिक वर्षकाे मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा हुने भएकाे छ ।

मौद्रिक नीतिको समीक्षा मार्फत केही नीतिगत व्यवस्था गर्ने राष्ट्र बैंककाे तयारी छ ।

मौद्रिक नीतिको समीक्षाको छलफल गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक आज ८ बजे बसेको थियो । सञ्चालक समितिले आजै पारित सवा १० बजेका लागि समीक्षा गर्ने जनाएको हो ।

राष्ट्र बैंकले समीक्षामार्फत आयात नियन्त्रणका साथै सेयर धितो ऋणमा पुनरावलोकन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.