नायक राजेश हमालले किने एक करोड ३६ लाखकाे जिप

  २०७८ मंसिर ९ गते १८:४३     विकासन्युज

काठमाडौं । नायक राजेश हमाल एक करोड ३६ लाख ९० हजार रुपैयाँ पर्ने गाडी जिप कम्पास किनेका छन् । महानायक हमालले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पास लिएका हुन् ।

उनले युवा अवस्थादेखि नै जिपको डिजाइन र अफरोड क्षमताले आफुलाई प्रभावित बनाएको बताएका छन् ।

जिप कम्पासकाे लागि  एमएडब्लु लाइफ नेपालकाे एक मात्र आधिकारीक विक्रेता हाे । ‘जिपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जिप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’

नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.