नेपाल र यूएईको व्यापार विस्तार गर्ने विजनेश काउन्सिल स्थापना

  २०७८ मंसिर ९ गते १७:४६     विकासन्युज

काठमाडाैं । युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल यूएई विजनेश काउन्सिल स्थापना भएको छ ।

सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले यूएईको दुतावाससँगको सहकार्यमा काउन्सिल स्थापना गरिएको ग्लोबल नेपालले बताएको छ ।

काउन्सिलले यूएईमा नेपालबाट गरिनसक्ने व्यापार विस्तार र यूएईबाट नेपालमा लगानी भित्र्याउन सकिने क्षेत्रका योजना गर्नेछ । काउन्सिलका यूएईमा भएका सदस्यहरुले यूएईमा व्यापार विस्तार गर्ने र नेपालबाट विदेशमा लगानी गर्ने कानुन नभएता पनि नेपालीको योजनाको सम्भावना खोजी गर्ने काम गर्नेछ ।

काउन्सिलले नेपाल र यूएईमा वस्तु आयात तथा निर्यात मात्रै नगरेर लगानी र मेगा प्रोजेक्टका योजनाहरु पनि बनाउने तयारी गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.