ग्रेट वाल मोटर्सको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु

  २०७८ मंसिर ९ गते १७:३७     विकासन्युज

काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लुएम)  दुई एसयूभीहरु – थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनकाे साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु भएकाे छ ।

जिडब्लुएमकाे गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्सले उक्त ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेकाे हाे । साे क्याम्प मङसिर १४ गतेसम्म संचालन हुने कम्पनीले जनाएकाे छ ।

क्याम्पमा  सहभागि हुन ग्राहकले थापाथलीस्थित ग्रेट वाल मोटर्सको शाोरुममा गएर बिहान १० बजेदेखि बेलुका ५ बजे भित्र निशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् ।

टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ को एमआइ स्मार्ट टि.भी. जित्ने मौका पाउनेछन् । यस क्याम्प अन्तर्गत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सक्नुकाे साथै आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ ।

क्याम्पमा ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहने कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे अनुसार चीनमा विगत ११ वर्षदेखि सबैभन्दा धेरै बिक्री हुने नम्बर १ एसयूभी हवाल ७० लाखभन्दा धेरै सङ्ख्यामा बिक्री भइसकेको छ । ३५ लाखभन्दा धेरै बिक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी पनि हो ।

चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक–अप पावर निर्यातमा पनि लगातार २४ वर्ष देखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा बिक्री १९ लाख एकाइ रहेको कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.