सेल्सवेरी र सेलवेजको ‘ब्ल्याक फ्राइडे’ अफर, ५० प्रतिशतसम्म छुट

  २०७८ मंसिर ९ गते १७:१४     विकासन्युज

काठमाडाैं । सेलवेज ग्रुप अन्तरगतको सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्सले ‘ब्ल्याक फ्राइडे’ अफर सार्वजनिक गरेको छ । स्टोर्सले आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

काठमाडौं क्षेत्रमा सञ्चालित सेल्सवेरी र पोखरा क्षेत्रमा सञ्चालित सेलवेज डिपार्टमेन्टल स्टोर्सका सबै शाखामा लागु हुने गरी अफर सार्वजनिक गरिएको हो ।

नोभेम्बर २६ (मंसिर १०) शुक्रबारबाट लागु हुने सो अफर डिसेम्बर ४ (मंसिर १८) शनिबारसम्म लागु हुनेछ । विदेशमा सिजनल रुपमा ब्ल्याक फ्राइडे अफर अन्तर्गत विशेष छुट प्रदान गर्ने प्रचलन छ ।

नेपालमा सेलवेज र सेल्सवेरीमा ब्ल्याक फ्राइडे अफरको नयाँ प्रयोगको सुरुवात गरिएको हो । यो अफर अन्तर्गत विशेष छुट प्राप्त गरी नेपाली उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । यो अफर अन्तर्गत ग्राहकले १० देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.