पैसा नभएको चेक दिने हाडीगाउँकी गुरुङलाई २० लाख जरिवाना, ४ दिन कैद

  २०७८ मंसिर ९ गते १७:०२     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी प्रक्राउ गरेको छ । तनहुँ भानु स्थायी ठेगाना भई काठमाडौंका हादीगाउँ बस्दै आएकी ४५ वर्षिय शोभा गुरुङलाई प्रक्राउ गरेको हो ।

गुरुङले २०७५ साल साउन १५ गते एनआईसी एसिया बैंकको पैसा नभएको चेक जानीजानी दिएको उजुरीका आधारमा २०७७ असार १ गते पाटन उच्च अदालतले प्रक्राउ पुँजी जारी गरेको थियो ।

अदालतले २० लाख दाबी सहित ४ दिन कैद फसला सुनाएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिबादीलाई कुपण्डोल, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.