यस्तो छ अष्ट्रेलियाको भिसा पाएकाले पुरा गर्नुपर्ने प्रकृिया

  २०७८ मंसिर ९ गते १२:५१     विकासन्युज

काठमाडौं । सोमबार मात्रै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय यात्रुका लागि अष्ट्रेलियाको सिमाना खोल्ने बारे थप घोषणा गरेका छन् । यस घोषणाले अष्ट्रेलियामा विभिन्न भिसा अन्तर्गत यात्रा गर्न चाहने यात्रु खासगरि नेपाली विद्यार्थीहरूलाई प्रवेशका लागि ढोका खुलेको छ ।

अष्ट्रेलियाले कोभिड–१९ संक्रमणको कारण दुई वर्षदेखि विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो ।

डिसेम्बर १, २०२१ देखि पूर्ण रूपमा खोप लगाइएका योग्य भिसा पाएका अन्तर्राष्ट्रिय विद्यार्थी, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा पाएकाहरु आवेदन नगरी अष्ट्रेलिया जान सक्नेछन ।

अष्ट्रेलियाले भिसा पाएर बसेकाहरुकाे लागि केही नियम बनाएकाे छ । यस नियमलाई पालन गरेर अष्ट्रेलियाकाे लागि भिसा पाएका मानिसहरु अष्ट्रेलिया प्रवेश गर्न पाउनेछन् । यो व्यवस्था अन्तर्गत अष्ट्रेलिया प्रवेश गर्न चाहने यात्रुले निम्न कार्य गरेको हुनुपर्नेछ-

१ अष्ट्रेलियाको थेरापेउटिक गुड्स एड्मिनिसट्रेसन द्वारा स्वीकृत वा मान्यता प्राप्त भ्याक्सिनको सम्पूर्ण डोज लिएर पूर्ण रूपमा खोप लगाएको हुनुपर्नेछ । यसमा १२ वर्ष मुनिका बालबालिका र अन्य स्वास्थ्यको कारणले खोप लगाउन नपर्ने यात्रुहरुको लागि भने पूर्ण रूपमा खोप लगाइएका यात्रुहरू सरहकै मान्यता रहने छ ।

१२ देखी १७ वर्ष उमेरका खोप नलगाइएका नाबालकलाई पूर्ण खोप लगाएको वयस्कसँग यात्रा गर्न अनुमति दिने व्यवस्था गरिएको छ । यसका लागी प्रवेश गर्न चाहेको राज्य वा क्षेत्र का स्पेसिफिक रिक्वायरमेन्ट्स विशेषलाई भने ध्यान दिनुपर्ने छ ।

२। यात्रा गर्न चाहने व्यक्तिको भिसा सब क्लासेस अन्तर्गत योग्यता पुगेको भ्यालिड भिसा हुनुपर्नेछ ।

३। यात्रुहरुले खोप स्थितिको प्रमाण पेश गर्नुपर्ने छ ।

४। यात्रुहरुले अनिवार्य रुपमा प्रस्थान गरेको ३ दिन भित्र गरिएको नेगेटिभ कोभिड १९ पिसिआर (पोलिमरेज चेन रियाक्सन) परीक्षण रिर्पोट प्रस्तुत गर्नुपर्नेछ ।

५। अष्ट्रेलियामा क्वारेन्टाइन आवश्यकताहरू राज्य र क्षेत्र सरकारहरूद्वारा निर्धारण गरिने व्यवस्था रहेकाे छ ।

६। हाललाई अष्ट्रेलिया फर्कने यात्रुहरूले क्वारेन्टाइन नबसी एनएसडब्लु, भिक्टोरिया र एक्टमा मात्र प्रवेश गर्न र यात्रा गर्न सक्ने छन् ।

७। अष्ट्रेलियाको एक राज्य वा क्षेत्रबाट अर्को राज्य वा क्षेत्रमा यात्रा गर्न चाहने व्यक्तिहरूलाई क्वारेन्टाइन अवधिबाट प्रवेश दिन चाहने वा प्रवेश गर्न अनुमति नदिने व्यवस्था सम्बन्धित राज्य वा क्षेत्रको अधिनमा रहने छ ।

८। यात्रुहरूले आफूले यात्रा गर्न चाहेको अष्ट्रेलियाको कुनै पनि राज्य वा क्षेत्रमा क्वारेन्टाइनको व्यवस्थाबारे व्यक्ति स्वयमं सचेत हुनुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.