गरिमा विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा सम्झाैता

  २०७८ मंसिर ९ गते १२:२७     विकासन्युज

काठमाडाैं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता भएको छ ।

सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

यस सम्झाैता अनुसार बैंकले न्यून आय भएका, सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि काेषलाई बैंकले सहयाेग गर्नेछ ।

 

 

One comment on "गरिमा विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा सम्झाैता"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.