तरलताको अभाव र खर्च नउठ्ने भएपछि नाडा अटो शो सर्याे, अब दशैंमा

  २०७८ मंसिर ९ गते १२:२०     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयाेजना गर्ने नाडा अटो शो पुनः सरेको छ । यसअघि एशोसिएशनले फागुन ९ गतेदेखि १४ गतेसम्म गर्ने भनेको नाडा अटो शो अब भने दशैंमा मात्रै हुने भएको हो ।

अहिले बजारमा तरलताको अभाव, शोमा सहभागीहरुको कम र शोको लागि गर्ने खर्च नै नउठ्ने देखेपछि नाडा अटो शोलाई सार्नु परेको नाडा सचिवालयले बताएको छ ।

नाडा सचिवालयका फागुनमा हुने भनिएको शोका लागि स्टल बुकिङ खोल्दा कमै सहभागी हुने देखिएपछि सारिएको हो ।  ‘अहिले बजारमा तरलताको पनि अभाव छ, हामीले गरेको खर्च पनि उठ्ने देखेनौं, सहभागी पनि कमै हुने भए तयसैले पनि सानु पर्यो,’ नाडा सचिवालयले भन्यो ।

व्यवसायीहरुले एकै वर्ष २ पटक अटो शो हुने भएको भन्दै दशैंमा समयमा उचित हुने सुझाव दिएका थिए । यसअघि नाडाले प्रत्येक वर्ष सेप्टेम्बरमा अटो शो गर्ने गरेको थियो । तर कोभिड–१९ महामारीपछि अटो शो हुन सकेको छैन् ।

केही दिनअघि अटो शोको लागि स्टल बुकिङ खुल्ला भएको थियो । नोभेम्बर १८ तारिखदेखि २२ तारिकसम्मको समय राखेर खुल्ला भएको स्टल बुकिङमा मोटरसाइकल र पार्टस्का स्टल बुकिङ भएपनि कार सेग्मेन्टमा अत्यन्त न्यून बुकिङ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.