नेपाल बैंकले त्रिविका कर्मचारीलाई बिना धितो १५ लाखसम्मकाे कर्जा दिने

  २०७८ मंसिर ९ गते ११:११     विकासन्युज

काठमाडाैं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई बिना धितो १५ लाख सम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौता अनुसार नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ ।

उक्त सम्झौतामा त्रिभुवन विश्वविधालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्तोला र नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा त्रिभुवन विश्वविद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमार प्रसाद हुमागाई र नेपाल बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.