निफ्रा र मेरो माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

  २०७८ मंसिर ९ गते १०:५६     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र मेरो माइक्रोफाइनान्स वित्तीय संथाको सेयर मूल्य समायोजन भएको छ । यी दुबैको बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये निफ्राको ८ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३१.४८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, मेरो माइक्रोफाइनान्सको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ कायम भएको छ ।

यससँगै बिहीबारको बजारमा यी दुबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यबाट शुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.