एभरेष्ट बैंकको लाभांशः मंसिर १६ गतेसम्म कायम सेयरधनीले मात्रै पाउने

  २०७८ मंसिर ९ गते १०:३१     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित लाभांश मंसिर १६ गतेसम्म कायम सेयरधनीले मात्रै पाउने भएका छन् । बैंकले आगामी मंसिर १७ गते बुक क्लोज गर्ने भएसँगै मंसिर १६ गतेसम्म सेयर होल्ड गर्ने तथा किन्नेले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पाउने भएका हुन् ।

बैंकले साधारणसभामा जान सो दिन बुक क्लोज गर्न लागेको हो । बैंकको २७औं वार्षिक साधारणसभा आगामी पुस १ गते काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रिय कार्यालमा बस्दै छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ४.३२ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गर्दै छ ।

सम्बन्धित समाचार

एभरेष्ट बैंकले घोषणा गर्यो १०.३२ प्रतिशत लाभांश, बोनस कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.