उत्कृष्ट करदाताको रुपमा सिवाईसी लघुवित्त सम्मानित

  २०७८ मंसिर ८ गते १८:४०     विकासन्युज

काठमाडाैं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा बुधबार सम्मानीत भएको छ ।

आन्तरीक राजस्व कार्यालय बागलुङले दशौं राष्ट्रिय कर दिवसको अवसर पारी एक कार्यक्रमका आयोजना गरी आर्थिक वर्ष २०७६/०७७ मा राजस्व कार्यालय बागलुङको कार्यक्षेत्र अन्तर्गत बागलुङ जिल्लाबाट सबैभन्दा बढी आयकर दाखीला गर्ने करदाताको रुपमा सिवाईसी नेपाल लघुवित्त वित्तीयलाई सम्मान गरेको हो ।

कार्यक्रम आन्तरीक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मालाई टिका, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेका थिए ।

सम्मान पश्चात बोल्दै प्रमुख कर अधिकृत आचार्यले कुनै पनि व्यवसाय सञ्चालन गरिसकेपछि त्यसको सुरक्षा दिने कर्तव्य राज्यको भए जस्तै व्यवसाय गर्ने संस्था तथा व्यवसायीले मुनाफाबाट राज्यलाई कर तिर्नु उनीहरुको दायित्व रहेकाे बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.