नेप्सेमा २ करोड कित्ता आईपीओ सूचीकृत, बिहीबारदेखि किनबेच गर्न पाइने

  २०७८ मंसिर ८ गते १७:५३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन २ करोड कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको गरी सो मात्राको आईपीओ नेप्सेमा थपिएको हो ।

जसमध्ये न्यादी हाइड्रोपावरको एक करोड ५० लाख कित्ता रहेको छ । यससँगै संस्थाको उक्त सेयर मंसिर ९ गते बिहीबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ९४.१३ रुपैयाँदेखि अधिकतम २८२.३९ रुपैयाँ तोकिदिएको छ । लगानीकर्ताले संस्थाको स्टक सिम्बोल ‘एनवाईएडीआई’ बाट न्यादीको सेयर कारोबार गर्न पाउने छन् ।

त्यस्तै, सामलिङ्ग पावर कम्पनीको ५० लाख कित्ता सेयर सूचीकृत भएको हो । यससँगै लगानीकर्ताले मंसिर ९ गतेदेखि संस्थाको सेयर किनबेच गर्न पाउने छन् । दोश्रो बजारमा पहिलो कारोबारको लागि संस्थाको ओपनिङ्ग रेञ्ज न्यूनतम ९८.७७ र अधिकतम २९६.३१ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.