फोन कलमा लाग्दै आएको शुल्क घटाउन प्राधिकरणको निर्देशन, माघदेखि लागुहुने

  २०७८ मंसिर ८ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी माघ १ गतेबाट मोबाइल कलको शुल्क कम गर्न निर्देशन दिएको छ । गत काक्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिले बैठकले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणको दिएको निर्देशन अनुसार मोबाइल फोन सेवाप्रदायक कम्पनीले आगामी माघ १ गतेबाट यसअघि लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा कममा शुल्क लिनेछन् ।

यसअघि प्राधिकरणले २०७६ पुस महिनामा अन्तरआवद्धता निर्देशिका २०७६ जारी गरेको थियो । यसमा सेवाप्रदायकले हाल आफ्नो नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा अन्तरआवद्धता शुल्कबापत प्रति मिनेट ५४ पैसा थप लिँदै आएका छन् ।

प्राधिकरणको निर्देशिक अनुसार सेवाप्रदायक कम्पनीले ५४ पैसाबाट ४४ पैसा घटाएर अब प्रतिमिनेट १० पैसा कायम हुनेछ ।

हाल नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रति मिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० लाग्छ । नयाँ निर्देशिकाअनुसार प्रिपेडबाट प्रति मिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ ।

त्यस्तै एनसेलबाट अन्य सेवाप्रदायकको नम्बरमा कल गर्दा हाल प्रति मिनेट कर बाहेक एक रुपैयाँ ९९ पैसा लाग्दै आएको छ । जुन एक रुपैयाँ ५५ पैसामा सीमित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.