थप २६० निर्माणकर्मीकाे शिवम् सिमेन्टले गरिदियाे ५ लाखकाे बीमा

  २०७८ मंसिर ८ गते १५:४७     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टले थप २६० निर्माणकर्मीकाे ५ लाख बराबरकाे बीमा गरिदिएकाे छ । कम्पनीले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माणकर्मीकाे बीमा गरिदिएकाे हाे ।

कम्पनीले उनीहरुलाई कम्पनीले संचालन गरेकाे अन्तरक्रिया कार्यक्रममार्फत दुर्घटना बीमा गरी बीमा पोलिसी प्रदान गरेकाे छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गर्दै आएकाे छ ।

पहिलो चरण अन्तर्गत कम्पनीले भदाै तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजारभन्दा बढि निर्माणकर्मीहरुसँग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गरिसकेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.