हरिणनगर, इटहरी र गौरमा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

  २०७८ मंसिर ८ गते १५:२७     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सुनसरीको हरिणनगर, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम मंसिर ५ गते इटहरीको नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थितिमा भएको थियो । कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक श्री प्रशान्त राज धमलाले दिएका थिए ।

सोही दिन हरिणनगर माविमा करिव १५० जना जना बिद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्त राज धमलाले दिएका थिए ।

त्यसैगरी मंसिर ६ गते गौरी शंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रममा क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.