‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज बजारमा

  २०७८ मंसिर ८ गते १५:०४     विकासन्युज

काठमाडाैं । सिजि ब्राण्ड अन्तर्गत सिजिले आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज बजारमा ल्याएको छ । सिजि मेरिडिया फ्रिज सिजि ब्राण्डको लक्जरी उत्पादनहरू मध्ये एक हो ।

‘सिजि मेरिडिया’ फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज रहेकाे कम्पनीकाे दावी छ । यस फ्रिजको मूख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि हो जसमा भेरियबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नुका साथै इनर्जी इफिसेन्ट पनि छ । साथ साथै यसले छिटो चिसो बनाउने काम गर्दछ ।

त्यसैगरी, मेरिडिया फ्रिज लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समय सम्म ताजा बनाउने साइक्लोपेनटेन राखी बनाइएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे अनुसार यस फ्रिजकाे खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टी रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.