४/१२ कराेडको नीतिमा गभर्नर ‘सेल्फ कन्भिन्स’, राष्ट्र बैंक भन्छः यो विषय छलफलमा नै छैन

  २०७८ मंसिर ८ गते १३:५८     सन्ताेष राेकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्ष यसै साताभित्र गर्दैछ । प्रत्येक तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्ने प्रचलन अनुसार यो वर्षको पहिलो त्रैमासको समीक्षा पनि यही साताभित्रै गर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यही साता भित्र मौद्रिक नीतिको पहलिो त्रैमासको समीक्षा हुनेछ । धेरे पहिलो त्रैमासको समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले नीतिगत सहजतासँगै केही प्याकेजको पनि अपेक्षा गरेका छन् ।

विशेष गरेर ठूला सेयर लगानीकर्ताले मार्जिन प्रकृतिको सेयर धितोमा ४/१२ करोडको सीमा खारेज र बैंकहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को व्यवस्था पुनरावलोकन चाहेका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयरधितो कर्जामा एउटा व्यक्ति वा फर्मलाई एउटा बैंक वा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै बैंक वित्तीय संस्थाबाट बढी १२ करोड रुपैयाँसम्म मात्रै लिन पाइने नीतिगत व्यवस्था गरेको थियो । यो व्यवस्थाले सेयर बजारमा पूँजीको अभाव भएकोले बजार घटेको आरोप लगानीकर्ताको छ ।

अहिले चौतर्फि रुपमा यो नीति खारेज तथा पुनरावलोकन हुनु पर्ने माग छ । लगानीकर्ताले यो व्यवस्था खारेज हुनु पर्ने माग राखे पनि राष्ट्र बैंक भने आफ्नो नीतिमा अडिक देखिएको छ ।

विशेष गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ४/१२ करोडको नीतिलाई पुनरावलोकन गर्ने ानसायमा देखिँदैनन् । उनले विभिन्न सार्वजनिक कार्यक्रममा पनि यस्ता व्यवस्थाहरुले समग्र बैंकिङ प्रणालीलाई नै सुदढ तथा नाफा हुने भएकोले यसको आत्मसाथ नगर्नुको विकल्प नभएको बताउँदै आएका छन् ।
नेपाल राष्ट्र बैंक स्रोतका अनसार राष्ट्र बैंक र गभर्नर अधिकारीले पनि ले ४/१२ करोडको व्यवस्था पुनरावलोकन गर्न तयार छैनन् ।

‘अहिले बजारमा हट केकका रुपमा सेयर धितोमा ४÷१२ करोडको व्यवस्थाको विषय बनेको छ, बजारमा भइरहेको वहसलाई छलफलको विषय हामीले बनाउनु त पर्छ नै, तर यो व्यवस्थालाई पुनरावलोकन अर्थात खारेज नै गर्नु पर्छ भन्ने विषयमा न राष्ट्र बैंकले सोचेको छ नत गभर्नरज्यू नै त्यस्तो मनसायमा हुनुहुन्छ, उहाँ (गभर्नरज्यू) यस विषयमा सेल्प कन्भिन्स देखिनुहुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले पनि यस विषयमा खासै छलफल नभएको बताए । बजारमा चलिरहेको विषयमा हामीले छलफलको विषय बनाउनु स्वभाविक नै हो, तर, के गर्ने ? कस्तो गर्ने ? कसरी जाने ? भन्ने विषयमा केही छलफल भएको छैन,’ उनले भने ।

यता, अर्थमन्त्री जनार्दन शर्माले भने बजारमा भइरहेको वहसलाई शान्त पार्नका लागि गभर्नर अधिकारीलाई आग्रह गरिएको बुझिएको छ । केही समय अगाडि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबिच केही टसल परे पनि अहिले भने दुई तिनको फरकमा कुराकानी भइरहेको स्रोतको भनाई । यसले पनि गभर्नरले भनेको विषयमा अर्थमन्त्री सकारात्मक देखिने ठाउँ रहेको स्रोतको भनाई छ ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको एक कार्यक्रममा पनि गभर्नर अधिकारीले राष्ट्र बैंकको नीतिलाई केही सीमित व्यक्तिलाई नोक्सान भएपनि समग्र बैंकिङ प्रणालीलाई फाइदा हुने बताए ।

‘हामीले नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, अहिले पनि बचाएका छौं, यसलाई सबैले बुझ्न आवश्यक छ, हाम्रो नीतिको कारण केहीलाई समस्या परे पनि सम्पूर्ण प्रणालीका लागि राम्रो छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.