विवाहकाे महिनामा लगातार सुनकाे मूल्य घट्दै

  २०७८ मंसिर ८ गते १३:००     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर ९१ हजार ८०० तोकिएको छ । पहेँलो धातु हिजाे प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० कायम भएको छ जसको मूल्य मंगलबार प्रतितोला ९१ हजार ८०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ३० ले घटेर एक हजार २२५ पुगेकोे महासङ्घले जनाएको छ । चाँदी मंगलबार प्रतितोला एक हजार २५५ मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.