फर्मा ट्याक्टरः मोबाइलबाटै ट्याक्टरको गतिविधि निगरानीदेखि ५ वर्षसम्मको वारेन्टी

  २०७८ मंसिर ८ गते १७:३०     विकासन्युज

काठमाडौं । नेपाली बजारमा युरोपियनन सिरिजको नयाँ ट्रयाक्टर भित्रिएको छ । मंसिर १ गते कृषि ग्रुप अन्तर्गतको यति टेक्निक फार्मले नेपाली बजारमा फर्मा ट्याक्टर भित्र्याएको हो ।

नेपालको माटो र बाटोलाई सुहाउँदो उक्त ट्रयाक्टर ४० एचपी देखि ७५ एचपीसम्मको रेन्जमा टु व्हील तथा फोर व्हिलमा उपलब्ध छन् ।

आधुनिक प्रविधि तथा उच्चकोटीको ट्रयाक्टरको लाईनमा सस्तो तथा उचित मूल्यमा विभीन्न सुविधासहित आधुनिक प्रविधिको ट्रयाकटर नेपाल ल्याईएको कम्पनीले जनाएको छ ।

कृषिमा आधारित समुदायको गुणस्तर सुधार गर्न, उद्यम र उद्यमशिलतामा विकासका लागि फर्मा ट्याक्टरको भूमिका मुख्य रहने कम्पनीको अपेक्षा रहेको छ ।

कम्पनीका विजनेश प्रमुख अनिल श्रेष्ठ कृषिका लागि आवश्यक पर्ने अधिकांश क्षेत्रमा कृषि ग्रुप संलग्न रहेको बताउँछन् । नेपाली किसानका लागि आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधादेखि उपकरणहरु कम्पनीसँग उपलब्ध भएको भन्दै उनले किसानको माग अनुसार बिक्री वितरण हुँदै आएको बताए ।

उनका अनुसार विगत २२ वर्षदेखि कृषि क्षेत्रमा संलग्न रहेको कम्पनी किसानका लागि ट्याक्टरको आवश्यकता अनुसार युरोपियन प्रविधिमा आधारित भएर फर्मा ट्याक्टर नेपाल भित्र्याएको हो ।

ट्याक्टरका लागि कृषि ग्रुपले यति टेक्निक फार्म नाम दिएर छुट्टै कम्पनी खडा गरेको छ । सो कम्पनीले ट्याक्टरका लागि आवश्यक सम्पूर्ण कामहरु गर्नेछ ।

कम्पनीका विजनेश हेड श्रेष्ठले कम्पनीले किसानको जिवनस्तर उकास्नका लागि फर्मा ट्याक्टर नेपाल ल्याएको भन्दै नेपालको जुनसुकै स्थानमा उपलब्ध हुने बताए । उनका अनुसार नेपालभर ८० भन्दा धेरै स्थानमा सर्भिसिङ सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

किसानका लागि फर्मा ट्याक्टर नै किन ?

उनका अनुसार नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि फर्मा ट्याक्टरमा स्मार्ट आई सिस्टम जडान गरिएको छ ।

फर्मा ट्याक्टरको सर्भिसमा सहयोग होस भनेर नयाँ प्रविधिको स्मार्ट आई सिस्टम अन्तरगत ट्याक्टरमा जीपीएस जडान गरिएको हुन्छ ।

‘जुनसुकै स्थानमा बसेर पनि जीपिएस सिस्टमको माध्यमबाट ट्याक्टरमा आउने प्राविधिक समस्याहरु हामीले पूर्वानुमान गर्न सक्छौँ’, उनले भने ।

जसअन्तरगत ट्याक्टर सञ्चालनको समय, ब्याट्री, मेसिनमा आउनसक्ने समस्या लगायतका कुराहरु मोबाइलबाटै हेर्न सकिन्छ । मोबाइल बाटै ट्याक्टरको गतिविधि निगरानी गर्दा थप आउनसक्ने समस्याको पूर्वानुमान गर्न सकिन्छ भने सर्भिसिङमा समेत सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ ।

‘ट्याक्टरमा रहेको चिपमा सिमकाड राखिनेछ । त्यहाँ राखिएको सिमकार्डको आधारमा किसानको मोबाइलमा सम्बन्धित एप राखिन्छ । अनलाईन मार्फत आवश्यकता अनुसार एपबाटै ट्याक्टरको गतिविधि नियाल्न सकिन्छ, किसानसँगै कम्पनीले सो एपको निगरानी गरेको हुन्छ । यदि किसानले एपबाट ट्याक्टरको गतिविधि निगरानी गर्न सकेनन् भने हामी यहाँबाट पनि अवलोकन गरिरहेका हुन्छौँ, किसानसँगै हामी पनि ट्याक्टरमा आउनसक्ने सम्भवित समस्याहरु थाहा पाउन सक्छौं,’ उनले भने ।

श्रेष्ठका अनुसार सो सिष्टममा अफलाइन ब्याकअप पनि रहेको छ । भौगोलिक अवस्थाका कारण नेपालका सबै स्थानमा नेटर्वक उपलब्ध नहुन सक्छ । एक महिनासम्म ट्याक्टरमा भएका गतिविधिहरु ब्याकअपमा बसेको हुन्छ । नेटवर्क नहुँदा पनि ब्याकअप बस्छ, आवश्यकता अनुसार नेटवर्क भएको स्थानमा पुगेर हेर्न सकिन्छ ।

कम्पनीले ट्याक्टरसँगै आवश्यक पर्ने पाटपूर्जाको समेत सम्पूर्ण तयारी गरेको छ । तत्काल समस्या आउने नभएपनि केही आइहाल्यो भने आवश्यक पार्टस् उपलब्ध रहेका छन् ।

‘पछि आउनसक्ने समस्यालाई ध्यानमा राख्दै हामीले पूर्वतयारी गरिसकेका छौं, हामीले ट्याक्टर मर्मतका लागि देशका ८० भन्दा बढी स्थानमा सर्भिसिङ सेन्टरसँगै डिलरसिप दिने तयारी समेत गरेका छौँ,’ कम्पनीका विजनेस हेड श्रेष्ठले भने ।

के कस्ता छन् विशेषता ?

कम्पनीले फर्मा ट्याक्टरको आकार, बलियो संरचना, प्रोजेक्टर हेड ल्याम्पहरु, पावर स्टेयरिङ, उच्च ग्राउन्ड क्लियरेन्स र उच्च टोकको सुविधा रहेको बताएको छ ।

कृषि गुप्रका अध्यक्ष तेज बिक्रम शाहले फर्मा ट्याक्टर तराई तथा पहाडी क्षेत्रमा सजिलै गुडाउन सकिनुका साथै स्मार्ट आई सिस्टम लगायतका सुविधा रहेको बताए । कम्पनीका अनुसार अन्य ट्याक्टरमा भन्दा फर्मा ट्याक्टरमा धेरै फिचरहरु रहेका छन् । सोही कारण माग उच्च छ ।

‘नेपालभर यसको माग रहेको छ, नयाँ प्रविधिसँग जोड्नका लागि यो ट्याक्टर भित्र्याएका हौं, यसमा रहेका विशेषता अन्य कुनै ट्याक्टरमा छैनन्, देशका विभिन्न ठाउँमा डिलर खोलेर बिक्री गर्ने योजना रहेको छ,’ उनले भने ।

यो ट्याक्टरको सर्भिस र पार्टहरु अन्य ट्याक्टरभन्दा अगाडि रहेको पनि अध्यक्ष शाहले बताए । ट्याक्टरमा समस्या आउँदा तत्काल सर्भिसिङदेखि ५ वर्षसम्मको वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ ।

यो ट्याक्टरको मूल्य १४ लाख ५० हजार रुपैयाँदेखि २३ लाख ५० हजार रुपैयाँसम्म रहेको छ । पछिलो चरणमा ४०, ४५, ५०, ६० र ७५ हर्सपावरका ट्याक्टर नेपाल भित्र्याएको कम्पनीले विस्तारै किसानको माग अनुसार ९० हर्सपावरसम्मका ट्याक्टर नेपाल ल्याउने तयारी गरेको छ ।

कम्पनीले कृषि ग्रुप अन्तरगत रहेका सहकारी तथा अन्य बैंकसँगको सहकार्यमा ३० प्रतिशत डाउन्डपेमेन्टमा ट्याक्टर उपलब्ध गराउने जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.