२४ वर्षकाे यात्रामा मनकामना केबलकार

  २०७८ मंसिर ७ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो र सफल मनकामना केबलकारको संचालनको २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको छ । चितवन कोई समुह अन्तर्गतकाे मनकामना दर्शन प्रालि बुधबार (मंसिर ८ गते) २४ वर्षमा प्रवेश गर्दैछ ।

२०५५ सालबाट नियमित संचालनमा आएको केबलकारले संचालनदेखि हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई सेवा प्रदान गरिसकेको छ ।

मनकामना केबलकार विश्व प्रख्यात अस्ट्रियाको डोपलमेयर कम्पनीको प्रविधिबाट संचालित छ ।लामो समयबाट प्रविधीहरुलाई खासै परिवर्तन नगरेको मनकामना केबलकारले  २०७८/८९ मा भने यसको स्तरोन्नति गर्ने जनाएको छ ।

कम्पनीले हाल रहेको एनलोगलाई डिजिटल प्रविधीम ३ तहम स्तोरन्नति गर्ने छ । यसक्रममा केबलकारको सबै महत्वपुर्ण सामान परिवर्तन गर्ने र २ वर्षभित्रमा यो सबै काम सकिने कम्पनीले जनाएको छ ।

यसरी स्तोरन्नति भएपछि मनकामना केबलकार डि कनेक्ट सिस्टममा संचालन हुने पहिलो केबलकार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.