मनकामनामा ९ राेपनी क्षेत्रफलमा रिसाेर्ट बन्ने, ३५ कराेड लाग्ने अनुमान

  २०७८ मंसिर ७ गते १८:१५     विकासन्युज

काठमाडाैं । मनकामनामा ९ राेपनी क्षेत्रफलमा रिसाेर्ट बन्ने भएकाे छ । ४० काेठा युक्त सुविधासम्पन्न उक्त रिसाेर्ट  मनकामनामा भातृ संस्था रिसोर्टस बाइ मनकामना केबलले उक्त रिसाेर्ट बनाउन लागेकाे हाे ।

स्थापनाकाे २४ वर्षमा प्रवेश गरेकाे मनकामनाले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

रिसाेर्टकाे लागत ३५ कराेड १८ लाख अनुमान गरिएकाे कम्पनीले जनाएकाे छ । डेढ वर्षमा बनिसक्ने बताइएकाे उक्त रिसाेर्टमा १०० सिट क्षमताकाे हल रहने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.