एनसेलको स्वास्थ्य कार्यक्रमले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

  २०७८ मंसिर ७ गते १६:३८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्रामिण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

यो कार्यक्रमका लागि एनसेल विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ बाट सम्मानित भएको हो । धुलिखेल अस्पतालसँगको सहकार्यमा कम्पनीले उक्त दुई कार्यक्रम बनाएको हो ।

कम्प्युटर एशोसियशन नेपाल ९क्यान० महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तानतरण गरेका थिए ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कार्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड ९प्राइभेट सेक्टर÷एनजीओ० विधा अन्तर्गत जितेको हो ।

त्यस्तै गत कार्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधा अन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको थियो ।

यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामिण भेगका चार स्वास्थ्य केन्द्रहरुमा लागु गरि सकिएको छ । यस कार्यक्रम अन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन् ।

टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा संचालन गरिएको चार वटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा संचालन भइरहेको छ । यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम ९पीएचपी० गरी दुई क्षेत्रमा केन्द्रित रहेको छ ।

टेलिमेडिसिन अन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरी अस्पतालका चिकित्सक तथा विज्ञहरुसंग सिधै सम्पर्क स्थापित गराई स्थानिय जनसमुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान दिइन्छ । पीएचपी अन्तर्गत यो कार्यक्रम संचालन भएका क्षेत्रका समुदायका स्थानियहरुले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार स्थानिय ठाउँमा नै गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.