अब नेपालमा लगाएको कोभिड खोपले भारतमा मान्यता पाउने

  २०७८ मंसिर ७ गते १४:४०     विकासन्युज

काठमाडौं । नेपालमा लगाएको कोभिडविरुद्धको खोपले भारतमा मान्यता पाउने भएको छ ।

नेपाल र भारत सरकारबीच मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगैं  नेपालमा लगाएको कोभिडविरुद्धको खोपले भारतमा मान्यता पाउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थितीमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा। रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै भारतमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन् ।

यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आइ काम गर्ने कामदार र नेपालबाट भारत गइ ज्याला मजदुरी गर्नेहरुलाई सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.