प्रदेश २ मा मोबाइल बैंकिङ चलाउने ९ प्रतिशत मात्रै, जीडीपीमा १३.२ प्रतिशतको योगदान

  २०७८ मंसिर ७ गते १४:१९     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कुल ग्राहीथ उत्पादन (जीडीपी) मा प्रदेश २ को योगदान १३.२ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु.४२ खर्ब ६६ अर्ब ३२ करोड मध्ये प्रदेश नं. २ को हिस्सा १३.२ प्रतिशत रहेको अनुमान गरिएको हो ।

जीडीपीमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३७.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत देखिएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा समीक्षा वर्षको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको अंश बढेकोमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशको अंशमा सीमान्त ह्रास आएको राष्ट्र बैंकको अनुमान छ ।

यस्तै, संकलित कुल निक्षेप परिचालनमा प्रदेश नं. २ को योगदान ५.२ प्रतिशत रहेको छ । बागमती प्रदेशको अंश सबैभन्दा बढी ६७.७ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको अंश १.२ प्रतिशत रहेको छ ।

कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५६.४ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा प्रदेश नं. २ को अंश ८.८ प्रतिशत रहेको छ । कुल कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशको हिस्स/अंश ३६.२ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको १.४ प्रतिशत रहेको छ ।

प्रदेश नं. २ मा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १६ प्रतिशत रहेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ३९.५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.९ प्रतिशत रहेको छ ।

प्रदेश नं. २ मा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता ९.६ प्रतिशत रहेका छन् । प्रति शाखा बैंकिङ्ग सेवा लिने सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा १ हजार ८ सय ५१ जना रहेका छन्भने सबैभन्दा बढी प्रति शाखा वैंकिङ्ग सेवा लिने कर्णाली प्रदेशमा ४ हजार ४ सय ५७ जना रहेका छन् । प्रदेश २ मा यस्तो संख्या ३ हजार ९ सय ५२ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.