ड्युटी आवर सकिएको भन्दै क्यापटेनले उड्दा उड्दैको जहाज रोकेपछि…

  २०७८ मंसिर ७ गते १३:१९     विकासन्युज

काठमाडौं । तपाईले हवाई उडानका क्रममा आफ्नो ड्युटी आवर सकिएको भन्दै पाइलटले उड्दा उड्दैको जहाज अवतरण गरेको कतै सुन्नुभएको छ ? कल्पना अझ भनौँ सिनेमाको पर्दामा मात्रै राम्रो लाग्ने सो कुरा रियलमा नै भएको पाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार रूकुमका लागि उडेको नेपाल वायुसेवा निगमको टीवनअटर जहाजका पाइटलले रुकुम नपुग्दै जहाज अवतरण गरेको पाइएको छ ।

टीवनअटर जहाजका प्रशिक्षक पाइलट समेत रहेका निगमका पुराना क्याप्टेन पेम्बा शेर्पाले ड्युटीआवर सकिएको भन्दै रुकुम उडेको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरेका हुन ।

मन्त्रीको स्पष्टिकरण

गन्तव्यमा नपुग्दै जहाज अवतरण गरेको भन्दै क्यापटेन शेर्पालाई पर्यटमन्त्री प्रेमवहादुर आलेले मंगलबार स्पष्टिकरण सोधेका छन् ।
मन्त्री आलेले रुकुम नपुग्दै नेपालगञ्जमै जहाज रोकेको थाहा पाएपछि आफूले सो घटनाको विषयमा जानकारी माग गरेको बताए । उनले यात्रु अलपत्र पारेको विषयमा क्यापटेन सहित निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई छानबिन गर्न निर्देशन दिएको जानकारी दिए ।

निगम स्रोतका अनुसार सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रु लिएर ट्वीनअटर जहाज रूकुमको चौरजहारी विमानस्थलतर्फ उडेको थियो । सो उडानका क्रममा आप्नो ड्युटी आवर ४ बजेसम्म भएको भन्दै क्यापेन शेर्पाले जहाज नेपालगञ्ज विमास्थलमा अवतरण गरेका थिए ।

सो विषयमा थप जानकारीका लागि नेपाल एयरलाइन्सका कर्मचारीहरुले हल्ला मात्र भएको जनाएका छन् ।

‘उहाँ पुरानो अनुभवी क्यापटेन हो, उहाँबाट यस्तो गैरजिम्मेवार काम होलाभन्ने हामीले अपेक्षा गरेका छैनौ’, निगमका एक क्यापटेनले भने ।

निगमका अधिकाश‌ क्यापटेन भने शेर्पाले नियम नै खराब भएको बताउने गरेका छन् । उनले आफू प्रशिक्षक पाइलट भएको भन्दै आफूभन्दा जुनियर पाइलट तथा कोपाइलटलाई अनावश्यक दुख दिने गरेका छन् ।

निगमका उच्च तहका कर्मचारीसँगको मिलोमतोमा जुनियर कर्मचारीलाई हेप्ने गरेको एक क्यापटेनले आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.