सबैको लघुवित्तको मंसिर १७ गतेदेखि बुक क्लोज

  २०७८ मंसिर ७ गते १२:०२     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर १७ गतेदेखि बुक क्लोज गर्दै छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुष २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

संस्थाको पाँचौ वार्षिक साधारणसभा आगामी पुष ३ गते शनिबार बस्दै छ । मंसिर ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त सभा तथा बुक क्लोजको मिति तय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.६३ प्रतिशत नगद गरी कूल ३२.३८ प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्दै छ ।

हाल संस्थाको चुक्ता पुँजी २० करोड ६० लाख रुपैयाँ रहेको छ । प्रस्तावित ३१.०५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २६ करोड ९९ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.