गणपति लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

  २०७८ मंसिर ७ गते ११:१६     विकासन्युज

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको गत आर्थिक वर्ष २०७७र७८ को २० प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृति दिएको हो ।

संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको स्वीकृत गरेको उक्त लाभांश संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ छ । १९ प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी १५ करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.