चांगन अटोकाे प्रिमियम कार ‘एल्सभीन’ सार्वजनिक, ४२ लाख पर्ने

  २०७८ मंसिर ६ गते १२:५५     विकासन्युज

काठमाडाैं । चांगन अटोले आफ्नो प्रिमियम सेडान गाडी ‘एल्सभीन’ सार्व‍जनिक गरेको छ । कम्पनीले यसकाे मूल्य ४२ लाख ताेकेकाे छ र हालकाे लागि सोल्टी क्राउन प्लाजामा पप-अप शोरुम राखेकाे छ ।

चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड रहेकाे चा‌ंगन अटाेले नेपालमा आफ्नो पहिलो गाडीकाे रुपमा ‘एल्सभीन’ सार्व‍जनिक गरेको हाे ।

एल्सभीनले अधिकतम सुरक्षा र आरामदायी ड्राइभिङको अनुभव प्रदान गर्ने कम्पनीले दावी गरेकाे छ । यसमा एन्टि लक ब्रेकिङ सिस्टम र फ्रोंटल डुअल एयरब्यागसँगै डाइनामिक लाइन र प्रोक्सिमिटी अलार्म सहितको पार्किङ सेन्सरसहितको रियरभ्यू क्यामेरा रहेकाे छ । यस कारमा पार्किङ र रिभर्सिङ दुवैका लागि चेतावनी बत्तीहरु पनि छन् ।

एल्सभीनमा आकर्षक इन्टेरियरका रहेकाे छ । यसमा प्रिमियम लेथरेट सीट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले, डिजिटल डिस्प्लेको साथ आवश्यकता अनुसार तापक्रम सेट गर्न यचभीएसी पनि रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.