एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

  २०७८ मंसिर ६ गते ११:३५     विकासन्युज

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा दर दायित्व मूल्याङ्कन बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि बोनस दर सार्वजनिक गरिएको इन्स्योरेन्सले जनाएको छ । यससँगै कम्पनीले प्रतिहजार बीमाङ्कमा वार्षिक न्युनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दर वितरण गर्ने भएको छ ।

कम्पनीले आफ्ना विभिन्न १० वटा बीमा योजनाको बोनसदर सार्वजनिक गरेको हो । इन्स्योरेन्सले सावधिक, जीवन विद्या र जीवन साथी यी तीन वटै बीमा योजनामा प्रतिहजार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर तोकेको छ ।

त्यस्तै, जीवन आनन्द र बाल सवाधिक दुबै योजनामा न्यूनतम ५५ देखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

त्यसैगरी, धन वृष्टिमा प्रतिहजार ५५ रुपैयाँ, धन फिर्ता योजनामा न्यूनतम ५५ देखि अधिकतम ६० रुपैयाँ, बाल ममता र बाल स्नेह योजनामा न्यूनतम ५५ देखि अधिकतम ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जानकारी गराएको छ ।

त्यस्तै, जीवन तरंग योजनाको १० वर्षे अवधिको ५६ रुपैयाँ, १५ वर्षे अवधिको ५८ रुपैयाँ र २० वर्षे अवधिको ६७ रुपैयाँ बोनस दर तोकिएको छ । त्यसैगरी, जीवन बचत योजनाका बीमितिले न्यूनतम ४५ र अधिकतम ६६ रुपैयाँ बोनसदर पाउने भएका छन् । जसअन्तर्गत ५ देखि ९ वर्षे अवधिसम्मलाई ४५ रुपैयाँ, १० देखि १४ वर्षे अवधिलाई ४८, १५ देखि १९ वर्षे अवधिलाई ५३ रुपैयाँ, २० देखि २४ वर्षे अवधिलाई ५७ र २५ वर्षभन्दा माथिकोलाई ६६ रुपैयाँ बोनस दर कायम गरिएको छ ।

यो नयाँ बोनसदर बीमा समितिबाट अर्को व्यवस्था नभएसम्मको लागि लागू हुने इन्स्योरेन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.