प्रिमियर इन्स्योरेन्सले बढायो लाभांशदर, सेयरधनीलाई बोनस र नगद बराबर

  २०७८ मंसिर ५ गते १०:३४     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाले बोनस र नगद लाभांश बराबर घोषणा गरेको छ । मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगदर (करसहित) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित १५ प्रतिशत लाभांश अघिल्लो वर्षको भन्दा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.