शिखर इन्स्योरेन्स १८ औं वर्षमा, सबैभन्दा बढी प्रिमियम संकलन गर्न सफल

  २०७८ मंसिर ३ गते १७:५३     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७ औं वर्ष पुरा गरी १८ औं वर्षम प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो ।

कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा अवधि पूरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ । यसका साथै कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।

सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्ता पुँजी भएको शिखर इन्स्योरेन्स आज १७५ करोडको चुक्ता पुँजी रहेको छ । शिखर इन्स्योरेन्स आ।व २०७७र०७८ मा निर्जिवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी ३९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल भएको थियो ।

यसले उपत्यकाभित्र १६ र उपत्यका बाहिर ७६ सहित कुल ९२ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.