धावनमार्ग ममर्तका लागि सुर्खेत विमानस्थल बन्द

  २०७८ मंसिर ३ गते १०:१९     विकासन्युज

काठमाडौं । सुर्खेत विमानस्थल केही समयका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मर्मत सम्भारका लागि केही समय विमानस्थल बन्द गर्न लागिएको हो ।

धावनमार्ग मर्मत गर्नुपर्ने भएपछि आगामी साताबाट सुर्खेत विमानस्थलमा भइरहेको उडान–अवतरण बन्द हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि वायुसेवा कम्पनीहरुले विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप गर्ने जनाएका छन् ।
बुधबार बुद्ध एयरले सुर्खेत विमानस्थल बन्द हुनेभएपछि नेपालगन्जमा १ उडान थप गरिएको जनाएको छ ।

बुद्धले हाल नेपालगन्जमा दैनिक ६ वटा उडान गर्ने भएको छ । यात्रुलाई सुर्खेत विमानस्थलको नजिकको विकल्प रोज्न सहज होस भनी नेपालगन्जमा उडान थपेको कम्पनीको भनाई छ ।

सुर्खेत संघीय राजधानी काठमाडौंलाई कर्णालीसँग हवाईमार्गले जोड्ने एक मात्र विमानस्थल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.