आइएमई डबलको डबलको डबल अफरको विजेता बने दोलखाका दाहाल, जिते साढे १२ लाख

  २०७८ मंसिर २ गते १४:५७     विकासन्युज

काठमाडाैं । आईएमईले चाडपर्व लक्षित गरी ल्याएको आईएमई डबलको डबलको डबल अफरको विजेत जिवेश दाहाल भएका छन् । आईएमईले बिहीबार एक कार्यक्रमको आयोजना गरी उनलाई विजेता घोषणा गरेको हो ।

उनले दुबईबाट १ लाख ५६ हजार ५५८ रुपैयाँ रेमिट्यान्समार्फत पठाएकोमा उनले कुल १२ लाख ५२ हजार ४६४ रुपैयाँ प्राप्त गरेका हुन् ।
आईएमई गु्रपका ब्राण्ड एम्बेस्डर दीपकराज गिरी र दीपाश्री निरौलाले लक्की ड्रमार्फत् विजेता घोषणा गरेका थिए । उनी हाल दुवईमा भएपनि दाहालकी श्रीमतिलाई गिरी र निरौलाले फोन गरी बधाई दिएका थिए ।

उनीसँगै आईएमईले ८ औं साताको लक्की ड्र मार्फत मसनाल क्षेत्रीलाई पनि पुरस्कार प्रदान गरेको छ । उनले पनि लक्की ड्र मार्फत कुल ८६ हजार रुपैयाँ हात पारेका छन् । उनले ४३ हजार रुपैयाँ रेमिट्यान्स पठाएका थिए ।

आईएमर्ईले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘डबलको डबलको डबल’ अफर सञ्चालन गरेको थियो ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमईले व्यवसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताए । अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि सुरु भइसकेकोले यसमा साथ दिन सबैलाई आग्रह गरे ।

‘आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपमा स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्र्याउन र समग्र अर्थतन्त्रमा योगदान पुर्याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाई छ,’ उनले भने ।

यस्तै, उनले अहिले रेमिट्यान्स लगानीमा भन्दा पनि उपभोगमा गइरहेको बताउँदै अब भविश्यका लागि पनि ‘लङ्ग टर्म इन्भेष्टमेन्ट’ गर्नु पर्ने बताए ।

लगानीबाट राम्रो प्रतिफल आउने भएकोले पनि रेमिट्यासन्लाई सही सदुपयोग गर्न उनले सबैलाई आग्रह गरे ।

यस्तै, कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पोखरेलले आईएमई जहिले पनि हाम सर्वसनधारणको सहजका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताए ।

उनका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणहरुका समस्या समाधान गर्ने प्रयास आईएमईले वर्षेनी गर्दै आएको बताए ।

उनले पनि आईएमईले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउनका लागि गरेको पहल स्मरण गर्दै अब डिजिटल रेमिट्यान्सको विकल्प नरहेको पनि प्रष्ट पारे ।

‘अबको प्रविधिको हो, हामीले डिजिटल रेमिट्यान्सको सुरुवात गरिसकेका छौं ,यसको राम्रो प्रतिक्रिया आइरहेको छ, कोठामै बसेर कम खर्चमा रेमिट्यान्स पठाउन सकिन्छ,’ उनले भने ।

यस्तै, उनले कार्यक्रममा नेपालमा रेमिट्यान्स कम आउनुको कारण पनि बताएका थिए । कार्यक्रममा ब्राण्ड एम्बेस्डर द्वय गिरी र निरौलाले पनि धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.