कोभिडले रोकेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने

  २०७८ मंसिर २ गते १४:१५     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने भएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाईल्याण्डका राजदुत भोसिता भोरासफ बिच आज बिहिबार मन्त्रालयमा भएको सिष्टाचार भेटघाटका क्रममा राजदुत भोरासफले केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिएका हुन ।

राजदुतसँगको भेटवार्तापछि अब केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान हुँने भएको छ ।

भेटघाटका क्रममा मन्त्री आलेले राजदुत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाईल्याण्ड सरकारले गरेको सहयोग प्रति धन्यबाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी हस्पिटलका लागि सहयोग गर्न आग्रह गरे । यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाईल्याण्डको भिसाका लागि सहजिकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैङ्कक जाँदा सहुँलियत पूर्ण उपचारको व्यवस्था मिलाउन समेत आग्रह गरे ।

भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल थाईल्याण्डको पुरानो एैतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप मज्बुद बनाइराख्न दुबै देशका थर्फबाट अधिकतम प्रयास गरिनु पर्ने कुरामा जोड दिएका थिए ।

राजदुत भोरासफले लुम्बिनीको बृद्धि विकासका लागि आफ्ना तर्फबाट अधिकतम प्रयास गर्ने बताउँदै नेपाल सरकारले गरेको सहयोग प्रति धन्यबाद प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.