ज्योति लाईफको म्यादी जीवन बीमा शुल्क खल्ती एपबाट तिर्न सकिने

  २०७८ मंसिर १ गते १८:०८     विकासन्युज

काठमाडौं । ज्योति लाईफको वैदेशिक रोजगार म्यादी जीवन बीमा शुल्क अनलाइबाट तिर्न सकिने भएकाे छ । कम्पनीकाे म्यादी जीवन बीमा शुल्क खल्ती माेबाइल एपबाट तिर्न सकिने भएकाे हाे ।

बीमालेख जारी गर्न खल्तीको वेबसाईट वा मोबाईल एप बाट पपुलर गर्भरमेन्ट सर्भिसेसमा गइ डिओइएफ इन्सुरेन्स (म्यानपावर) वा डिओएफइ इन्सुरेन्स (इन्डिभिजुयल) रोजेर विवरणहरु भरी जारी गर्न सकिनेछ ।

यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.