जीतबहादुर खत्रीले जिते यतीको धमाकेदार दशैं तिहार अफर

  २०७८ मंसिर १ गते १७:३७     विकासन्युज

काठमाडौं । नीजि क्षेत्रको लगानीमा सञ्चालित यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् ।

यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् । उनले पोखरा – काठमाडाैंको उडान गरेका थिए । यतीले बुधबार फेसबुक लाईभ मार्फत् आयोजना गरेको लक्की ड्र कार्यक्रमबाट खत्री लाई विजेता घोषणा गरिएको हो ।

विजेता बनेसँगै उनले दुई लाख ६७ हजार ९०० मूल्य बराबरको यामाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन् ।

यस अघि सो अवधिमा यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरु मध्येबाट ३ जना भाग्यशाली विजेता छानिने घोषणा गरेअनुसार आज ३ जना बिजेता घोषणा गरिएको हो ।

यती धमाकेदार दशैं तिहार अफरको दोस्रो भाग्यशाली विजेता धुब्रराज भट्टराई बनेका छन् । भट्टराई दोस्रो विजेता बनेसँगै एक जोडीका लागी काठमाडौँ–दुवई– काठमाडौं को दुईतर्फी फ्रि टिकेट प्राप्त गरेका छन् । यस्तै, तेस्रो भाग्यशाली विजेता सरुप्य सत्याल बनेका छन् । तेस्रो विजेता बनेका सत्यालले हिराको टप प्राप्त गरेका छन् ।

यतीको धमाकेदार दशैँ तिहार अफरको प्रथम पुरस्कारलाई यामाहा कम्पनी, दोस्रोलाई सस्तो टिकट अनलाइन र तेस्रोलाई श्री बालाजी डाइमण्डले प्रायोजन गरेको थियो ।

यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरअन्तर्गत ३५ दिनमा एक लाख ७ हजार ५५ जनाले यती एअरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यस्थलमा यात्रा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

गत वर्षहरुमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको यती एअरलाइन्सले आगामी दिनमा पनि यात्रु लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.