भृकुटीमण्डपमा जुत्ता किन्नेको भीड (फोटोफिचर)

  २०७८ मंसिर १ गते ११:०५     विकासन्युज

काठमाडाैं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी भइरहेकाे छ ।

गत शुक्रबार सुरु भएकाे प्रदर्शनी अहिले पनि जारी नै छ । एसाेशिएसनका अनुसार प्रदर्शनी मंसिर १३ गतेसम्म सञ्चालन हुनेछ ।

अवलोकनकर्ताहरुलाई आकर्षित गर्न छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल राखएका छन् । प्रदर्शनीमा करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.