बजारमा टुप्पे डेरी छ्यापछ्याप्ती, सरकारी निकायमा न दर्ता, न कर नै

  २०७८ कार्तिक ३० गते १५:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा दर्ताबिनाको डेरी पसलहरु छ्यापछ्याप्ती बढेको छ । दैनिक ६ लाख डिलर दुधको कारोबार हुने गरेकोमा ४ लाख बढी कारोबार टुप्पे डेरी (दर्ता बिनाका) ले दुध बिक्री वितरण गर्ने गरेको डेरी व्यवसायीहरु बताउँछन् ।

व्यवसायी यही रुपमा बजारमा टुप्पे डेरीहरु हावी हुने हो भने अबको ४÷५ वर्षमा निजी क्षेत्रका सबै डेरी बन्द हुने अवस्थमा पुग्ने बताउँछन् ।

कोरोना महामारी सुरु हुनअघि दैनिक २ लाखसम्म दुध बिक्री गर्ने त्यस्ता डेरीहरु कोरोना महामारीपछि दैनिक ४ लाखसम्म दुध बिक्री गर्ने गरेको निजी डेरीका सञ्चालकहरु बताउँछन् ।

नेपाल डेरी एसोसिएसनका एक प्रतिनिधिले पछिल्लो समय बजारमा टुप्पे डेरीहरुको बिगविगी नै रहेको बताए ।

उनका अनुसार बजारमा दर्ताबिनाका डेरीहरु धेरै भएका छन् । यो समस्या अहिले मात्रै देखिएको नभई विगतदेखि नै दर्ता प्रक्रियामा ल्याउने पहल गर्न गराउँन आफूहरुले निरन्तर आवाज उठाए पनि सरकारी निकायले ध्यान नदिएको उनको आरोप छ ।

‘यस्तै खुल्ला रुपमा कारोबार गर्न छोड्ने हो भने अबको ५ वर्षभित्रमा कानुन अनुसार दर्ता भएर संचालनमा रहेका हामी निजी क्षेत्रका सबै डेरीहरु बन्द हुने अवस्थामा पुग्छौं, हामी सम्बन्धित निकायमा दर्ता भएर गुणस्तरीय डेरी प्रडक्ट बिक्री वितरण गरिरहेका छौँ, दर्ता बिनाका डेरीले कस्तो गुणस्तर दिन्छन् ? उनीहरुले विक्री गर्ने उत्पादनको गुणस्तर लगायतका विषयमा कसैले हेरेको छैन,’ ती निजी डेरी संचालकले भने ।

उनले बिनादर्ताका डेरीले दैनिक ठूलो मात्रामा कारोबार गर्दा सरकारको राजश्व समेत गुमेको बताए । एक डेरी उद्योगीले निजी डेरी उद्योगीले बिनादर्ताका उद्योगहरु बढ्नुको कारण खोजी गर्नुपर्ने बताए ।

‘हामी टुप्पे डेरीले कारोबार बढाए भनिरहेका छौं तर, हामीले के गल्ती गरेका छौं, त्यतातिर कसैको ध्यान छैन, उनीहरुको कारोबार बढ्नुमा हाम्रो पनि केही गल्ती छन् होला, नबुजेका मान्छेहरु यसै खुल्ला दुध सेवन गर्दैनन्, हामी आफ्नो गल्ती नदेख्ने तर अरुले यसो गरे उसो गरे भनेर टिकाटिपप्णी गर्दा उनिहरुले फाइदा उठाएको कसैलाई पत्तो छैन,’ उनले भने ।

यस्तै, उनले निजी तथा सरकारी डेरी डीडीसीले सिमित संख्यामा मात्र सेवा दिदाँ बिनादर्ताका डेरीले फाइदा उठाएको बताए ।

उनले दर्ता भएका डेरीले उपभोक्ताको घरघरमा पुगेर आफ्ना उत्पादनहरु विक्री नगर्ने, सिमित स्थानबाट मात्रै विक्री गर्ने, निश्चित समयमा मात्रै विक्री गर्ने, जस्ता सिमितताको कारण विनादर्ताका डेरीले मौका पाएको हुन सक्ने उनको भनाई छ । विनादर्ताका डेरीले आफ्नो सेवा प्रभावकारी बनाएका कारण उनीहरुको लोकप्रियता बढेको हुन सक्ने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.