विजय लघुवित्तले घोषणा गर्यो ५ वर्ष यताकै उच्च लाभांश

  २०७८ कार्तिक ३० गते १०:५४     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०८५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कार्त्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त आवको नाफाबाट चुक्ता पुँजीको २०.०३१ प्रतिशत बोनस र १.०५४ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल २१.०८५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित लाभांश गत ५ वर्ष यताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७६/७७ को अवधिमा सो मात्राको लाभांश वितरण गरेको थिएन ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ र २०७५/७६ को नाफाबाट २० २० प्रतिशतको दरले लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५, २०७३/७४ र २०७२/७३ को नाफाबाट क्रमशः १०.५२६ प्रतिशत, १५ प्रतिशत र २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.