४० कम्पनीमध्ये नेशनल माइक्रोफाइनान्सको ईपीएस सबैभन्दा बढी, कसको कति ?

  २०७८ कार्तिक २९ गते १८:१०     विकासन्युज

काठमाडौं । नेप्सेमा सूचीकृत लघुवित्तमध्ये नेशनल माइक्रोफाइनान्सको सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) देखिन्छ । हालसम्म सार्वजनिक भएको लघुवित्तहरुको गत असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्सको देखिएको हो ।

नेप्सेमा सूचीकृत लघुवित्तमध्ये ४० वटाले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । त्यसमा ईपीएसको आधारमा नेशनल माइक्रो अग्रस्थानमा छ । गत असोजसम्ममा संस्थाको प्रतिसेयर आम्दानी १०६.१८ रुपैयाँ छ ।

त्यस्तै, बढी ईपीएस हुनेको दोश्रो स्थानमा आरएमडीसी लघुवित्त देखिएको छ । समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १०१.५० रुपैयाँ छ । र, ईपीएसको आधारमा यी दुई संस्था अन्यको संस्थाको तुलनामा धेरै अगाडि रहेका तथ्यांकले प्रष्टाएको छ ।

त्यस्तै, कालिका र आशा लघुवित्तको प्रतिसेयर आम्दानी क्रमशः ६९.२० र ६३.४८ रुपैयाँ छ । ५० देखि ६० रुपैयाँसम्ममा ईपीएस हुनेमा १० लघुवित्त छन् । जसमध्ये अधिकांशको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ छ ।

पछिल्लो तथ्याङ्कअनुसार ११ वटा लघुवित्तको ईपीएस २० रुपैयाँभन्दा तल छ । जसमध्ये सबैभन्दा कम घोडीघोडा लघुवित्तको छ । नोक्सानमा रहेको संस्थाको ईपीएस २.७२ रुपैयाँ ऋणात्मक छ ।

लगानीकर्ताले दोश्रो बजारमा सेयर कारोबार गर्दा हेर्ने विभिन्न सूचकमध्ये प्रमुख सूचक हो, ईपीएस । कुन कम्पनीले कति लाभांश दिन सक्छ भन्ने पनि ईपीएसकै आधारमा अनुमान गर्न सकिन्छ । र, जसको बढी ईपीएस छ त्यही कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढ्ने गरेको पाइन्छ । साथै, अधिकांश लगानीकर्ताहरु ईपीएसकै आधारमा दोश्रो बजारमा लगानी गर्दै आएका छन् ।

तर, ईपीएसको आधारमा मात्रै गरेको लगानी जोखिम रहित भने हुँदैन । पहिलो त्रैमासको ईपीएस अन्तिम त्रैमाससम्ममा पनि सोही हुन्छ वा बढ्छ नै भन्ने पनि हुँदैन । त्यसमा घटबढ हुने गरेको गत आर्थिक वर्षको तथ्याङ्कले देखाएको छ ।

उक्त तथ्याङ्क हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्ः

पोहोरको नजिरः पहिलो त्रैमासको ईपीएस हेरेर सेयर किन्नु कति ठिक होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.