सुपर मादी हाईड्रोपावरकाे शेयरको प्रत्याभूतिमा प्रभु क्यापिटल नियुक्त

  २०७८ कार्तिक २९ गते १७:३६     विकासन्युज

काठमाडाैं । सुपर मादी हाईड्रोपावर कम्पनीले प्रभु क्यापिटललाई शेयरको प्रत्याभूतिमा नियुक्त गरेकाे छ ।

कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटललाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको हाे ।

सो नियुक्ति सम्बन्धी कम्पनी र क्यपिटलबीच आईतबार सम्झाैता भएकाे हाे । सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए ।

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको र त्यहाँको स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गरिने कम्पनीका कार्यकारी अध्यक्ष ढुंगानाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.