आन्तरिक उडानमा विदेशी र नेपालीको असमान भाडादरमा इजरायलका राजदुतको चासो

  २०७८ कार्तिक २९ गते १६:१८     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले बिच आज सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँ बिच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिदैँ इजरायल–भैरहवा सिधा हवाइ उडान गर्न इजरायल सरकार इच्छुक रहेको बताएका थिए । भेटवार्ताका क्रममा मन्त्री आलेसँग उनले दुइ हप्ता भित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको जहाँज भाडामा लिन इच्छुक रहेको समेत बताएका थिए ।

यस्तै उनले नेपालको आन्तरिक हवाइ उडानमा बिदेशी र नेपालीको असमान हवाइ भाडादरको विषयमा चासो राखेको मन्त्रालयले जनाएको छ ।

राजदूतसँग पर्यटनमन्त्री आलेले नेपाल र इजरायल बिच सिधा हवाइ सम्पर्कका लागि आफुहरु तयार रहेको जानकारी गराएका थिए ।

मन्त्री आलेले नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास समेत व्यक्त गरेका थिएउ ।

उनले नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन राजदुत गोदरसँग आग्रह गरेको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.