मन्त्रालय तानिए निगमका महाप्रबन्धक पौडेल

  २०७८ कार्तिक २९ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल मन्त्रालय तानिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले गत कात्तिक ८ गते मन्त्रीस्तरीय निर्णय गर्दै पौडेललाई मन्त्रालय तानेका हुन् ।

वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारीले गत असार १८ गतेबाट आन्दोलन गरी उनलाई कार्यालय प्रवेशमा रोक लगाएसँगै पौडेल मन्त्रालयमा नै हाजीर गर्दै आएका थिए ।

उनी विवादमा तानिएपछि गत कात्तिक ८ गते नै बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्याकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्ती गर्ने निर्णय गरेको थियो ।

कार्यकारी अधिकार खोसिएपछि कामविहीन भएका पौडेललाई मन्त्री आलेले मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा काम गर्ने गरी तानेका हुन ।

महाप्रबन्धक पौडेलले सोमबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आफू निगमको कुनै पनि कार्यकारी भूमिकामा नरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.