नेपालमै पहिलोपटक शैक्षिक मानसिक स्वास्थ्य सम्बन्धी प्रधानध्यापकहरुको सेमिनर हुँदै

  २०७८ कार्तिक २९ गते १२:२१     विकासन्युज

काठमाडौं । नेपालै पहिलोपटक शैक्षिक मानसिक स्वास्थ्य सम्बन्धी विद्यायलयका प्रधानध्यापकहरुको पहिलो सेमिनर हुने भएको छ । मानसिक स्वास्थ्य सम्बन्धी काम गर्दै आएको सम्भाव्य फाउण्डेसनले नेपालमै पहिलोपटक उक्त सेमिनार आयोजना गर्न लागेको हो ।

मंसिर ३ गते हुने उक्त सेमिनारमा काठमाडौंका ३० वटा विद्यालयका प्रधानध्यापकहरु सहभागी हुँदैछन् ।

विद्यालय प्रशासनलाई मानसिक स्वास्थ्यको महत्व बारे जानकारी गराउन सेमिनारको मुख्य उदेश्य रहको फाउण्डेसनका कार्यक्रम म्यानेजर केशव श्रीसले बताए ।

‘विभिन्न अध्यनले धेरै जसो मानसिक मानिसहरुमा किशोरावस्थाबाट सुरु हुने देखाएको छ । नेपालमा कुल जनसंख्याको ४० प्रतिशत १८ वर्षभन्दा कम उमेरको रहेका छन् र उक्त समूहको ठूलो हिस्साले आफ्नो अधिकांश समय विद्यालयमा बिताउने गरेका छन् । सानै उमेरबाट मानसिक समस्याहरु देखिने भएको कारण यसबारे विद्यालय प्रशासानलाई जानकार गराउन हामीले सेमिनार आयोजना गरेका हौं ,’ श्रीस भन्छन् । ।

हालैको अध्ययनले नेपालमा ५.२ प्रतिशत किशोरकिशोरी कुनै पनि प्रकारको मानसिक समस्याबाट पीडित हुन सक्ने देखाएको छ । जबकी, ३.९ प्रतिशत किशोरकिशोरीमा आत्महत्या गर्ने सोच रहेको छ ।

सानै उमेरबाट मनोपरामर्श पाए युवायुवतीहरु भविष्यमा हुन सक्ने मानसिक दुर्घटना रोक्न सकिन् श्रीस बताउँछन् ।

सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको छ ।

यस अभियान अन्तर्गत सम्भाव्यले नेपालमै पहिलोपटक दुई सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिसकेको छ । फाउण्डेसनले सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिसकेकाे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.