हवाई इन्धनको मूल्य बढाएको भन्दै वायुसेवा कम्पनीले बढाए हवाई भाडा

  २०७८ कार्तिक २८ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको भन्दै भाडादर बढाएको छ । यसअघि गत कात्तिक १७ गते प्रति उडान साढे ४ सय रुपैयाँसम्म भाडा बढाएका वायुसेवा सञ्चालकले ११ दिनको अवधिमा पुनः भाडा बढाएका हुन ।

वायुसेवा सञ्चालकले आईतबार सार्वजनिक गरेको नयाँ हवाई भाडादर अनुसार प्रति उडान २२० रुपैयाँसम्म भाडा बढाएका छन् । बढाएको भाडा अनुसार अब काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरै ४ हजार ४६० रुपैयाँ पुगेको छ । आईतबार सो रुरटमा २२० रुपैयाँ भाडा बढेको हो ।

सघंले जारी गरेको सूची अनुसार काठमाडौं– सुर्खेतमा १८५, भ्रदपुरमा १५०, विराटनगरमा १२०, जनकपुरमा ६५, भरतपुरमा ५५ रुपैयाँ मूल्य बढाएका छन् । यस्तै, पोखरा–विराटनगरमा १८०, काठमाडौं–माउन्टेन उडानमा १७० रुपैयाँ र विराटनगर माउन्टेन उडानमा १६० रुपैयाँ भाडा बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.